नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपाल बुटवल आएका छन्।
पार्टीको लुम्बिनी प्रदेश समितिको बैठक तथा प्रशिक्षणका लागि उनीहरू बुटवल आएका हुन्।
रूपन्देहीको नयाँगाउमा प्रशिक्षण कार्यक्रम राखिएको नेकपाले जनाएको छ।
पार्टी एकतापछि बुटवलमा पहिलोपटक प्रदेश स्तरको प्रशिक्षण आयोजना गरिएको हो।
पार्टीको जिम्मेवारी बाँडफाटका क्रममा देखिएका असन्तुष्टि निवारणसमेत गर्ने उद्देश्यले यो प्रशिक्षण फलदायी हुने अपेक्षा नेकपाले गरेको छ।
174
Shares

प्रतिक्रिया