लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत ११ औँ बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ।
बैठकमा राजस्व तथा व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलदेखि विधेयकसम्बन्धी कार्यसूचीसम्म छन्।
बैठकमा प्रदेशसभा सदस्यहरूले आगामी आर्थिक वर्षको ‘राजस्व र व्ययको वार्षिक अनुमान’माथि सैद्धान्तिक छलफलमा भाग लिने कार्यक्रम छ।
छलफलका क्रममा उठ्ने प्रश्नहरूको जवाफ लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
त्यसै गरी मन्त्री कार्कीले ‘विनियोजन विधेयक’ प्रदेश सभामा औपचारिकरूपमा पेस गर्ने कार्यसूची पनि तय भएको छ।
बैठकमा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्परा सम्बन्धी विधेयक’ समितिमा पठाउने प्रस्ताव पेस गर्ने समेत कार्यसूची छ।
Shares

प्रतिक्रिया