ad ad

लुम्बिनी


बाबुले पेट्रोल खन्याएर आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु, श्रीमती घाइते

बाबुले पेट्रोल खन्याएर आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु, श्रीमती घाइते

सांकेतिक तस्बिर।


सुदीप भण्डारी
माघ १६, २०७९ सोमबार ९:२८, बुटवल

बाँकेको कोहपलुरमा आफ्नै बाबुले पेट्रोल खन्याएर आगो लगाएका छोराको मृत्यु भएको छ। श्रीमती घाइते छन्।

हिजो साँझ कोहलपुर नगरपालिका २ का भानुभक्त विकले आफ्नै श्रीमती गंगा विक र २ वर्षीय नाबालक छोरा प्रिन्सलाई पेट्रोल खन्याएर आगो लगाएका थिए।

जलेर गम्भीर घाइते भएका नाबालक प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

गंगाको उपचार भइरहेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले नेपालखबरलाई जानकारी दिए।

हिजो साँझ करिब ७ बजेको समयमा घरायसी झगडामा भानुभक्तले श्रीमती गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएको थिए।

आगो लगाएर फरार भानुभक्तलाई भारततर्फ भाग्दै गरेको अवस्थामा गएराती १ बजे प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .