नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिमा २१ वटा विभाग प्रमुखहरुको मनोनयन गरिएको छ।
कांग्रेसका प्रदेश सभापति अमर पुनद्वारा कांग्रेसको विधानको धारा १३ को उपधारा ११ क र झ बमोजिम विभागका प्रमुखको मनोनयन भएको पार्टीको प्रदेश कार्यालयले जनाएको छ।
जस अनुसार कांग्रेस लुम्बिनीको संगठन विभाग प्रमुखमा प्युठानका सुवास केसी, सूचना सञ्चार तथा प्रचार प्रसार विभागको प्रमुखमा दाङका प्रचण्ड विक्रम न्यौपाने, स्वास्थ्य विभागको प्रमुखमा बाँकेकी अञ्जना पाण्डे, प्रदेश कानुन तथा संसदीय मामिला विभागको प्रमुखमा पाल्पाका महेन्द्र प्रसाद पाण्डेलाई मनोनयन गरिएको प्रदेश कार्यालयका सचिव मोहनराज शर्माले जानकारी दिए।
यस्तै, प्रदेश तथा स्थानीय निकाय विभागको प्रमुखमा प्युठानका अमरप्रसाद भण्डारी, शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखमा नवलपरासीका विश्वप्रेम पाठक, पार्टी सम्पर्क विभाग प्रमुखमा रुपन्देहीका रामबहादुर कार्की, कपिलवस्तुका विक्रम सिंह थापा शान्ति सुरक्षा तथा प्रशासन सेवा विभागको प्रमुखमा मनोनित भएका छन्।
अन्य विभिन्न विभागीय प्रमुखहरुको पनि मनोनयन भएको छ।
कांंग्रेस लुम्बिनी प्रदेश समितिका सभापति अमरसिंह पुनले कांग्रेसको विधान अनुसार प्रदेश समितिले ३४ वटा विभागहरू गठन गर्न पाउने व्यवस्था रहे पनि अहिले २१ वटा मात्रै विभागहरू गठन गरेको बताए। अन्य १३ वटा विभाग गठन छिटै हुने उनको भनाइ छ।
प्रत्येक विभागहरू २५ सदस्यीय रहने व्यवस्था छ। विभागका सदस्यहरू भने विभाग प्रमुखहरूले मनोनयन गर्ने छन्।
प्रतिक्रिया