ad ad

लुम्बिनी


बुटवलमा उपमहानगरहरूको राष्ट्रिय सम्मेलन

आएनन् हर्क साम्पाङ
बुटवलमा उपमहानगरहरूको राष्ट्रिय सम्मेलन

बुटवल


सुदीप भण्डारी
माघ २२, २०७९ आइतबार ९:२८, बुटवल

बुटवलमा आज उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ। सम्मेलन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन गरेका छन्। 

उद्घाटन समारोहपछि दिउँसो बुटवल उपमहानगरपालिकाको सभाहलमा अन्तरक्रिया र घोषणापत्र जारी गर्ने कार्यक्रम छ। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान समस्या, समान मुद्दा र समान संरचना भएका आफूहरूबीच अनुभव आदानप्रदान, साझा समस्याको समाधानमा एकीकृत पहल, साझा र एकल अधिकार प्रयोगमा एकरुपताका लागि राष्ट्रिय सम्मेलन आयोजना गरिएको हो। 

सम्मेलनमा सहभागिताका लागि उपमहानगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतहरू शनिबारै बुटवल आइसकेका छन्। सम्मेलनमा भाग लिन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ भने आएका छैनन्। उपमेयर आइन्द्र विक्रम नेम्वाङ भने आएका छन्। 

उपमहानगरपालिकाहरूका साझा समस्या, संविधानअनुसार साझा र एकल अधिकारको प्रयोगका चुनौती, असल अभ्यासबारे अनुभव आदानप्रदान, संघ र प्रदेश सरकारसँग स्थानीय सरकारका रुपमा अपेक्षा र स्थानीय आवश्यकताजस्ता विषयमा छलफलसहित निष्कर्ष निकाल्ने र समाधानका लागि सम्बन्धित निकायसँग सामूहिक रुपमा छलफलमा जाने बुटवल उपमहानगरपालिकाका मेयर पाण्डेले बताए। 

उपमहानगरका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधिसहित करीब ५ सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धतासहितको बुटवल घोषणापत्र जारी गर्ने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .