लुम्बिनी


अर्घाखाँचीका भुपाल दमासे पोर्चुगलमा हराए, खोजिदिन परिवारको आग्रह

अर्घाखाँचीका भुपाल दमासे पोर्चुगलमा हराए, खोजिदिन परिवारको आग्रह

नेपालखबर
साउन १४, २०८० आइतबार २०:१२, अर्घाखाँची

अर्घाखाँचीको खिल्जीबाट रोजगारीका लागि पोर्चुगल गएका एक युवक तीन महिनादेखि बेपत्ता भएका छन्। 

रोजगारीका लागि पोर्चुगल गएका भूमिकास्थान नगरपालिका–६ खिल्जीका २५ वर्षीय भुपाल दमासे गत वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएको उनका बुबा झविरामले बताए। छोराको खोजी गरिदिन र कस्तो अवस्थामा छ जानकारी गराइदिन उनले सबैसँग आग्रह गरेका छन्।

अढाई वर्षदेखि रोजगारीका लागि पोर्चुगल गएका भुपाल तोरेस भेदरस भन्ने स्थानमा बसेर काम गर्ने गरेको श्रीमती मीरा दमासेले बताइन्। उनको अवस्थाको बारेमा तीन महिनादेखि कुनै जानकारी प्राप्त नभएकाले खोजी गरिदिन उनले पनि आग्रह गरिन्। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .