लुम्बिनी


कक्षा १२ को परीक्षाबारे लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयको सातबुँदे निर्देशन

कक्षा १२ को परीक्षाबारे लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयको सातबुँदे निर्देशन

प्रतीकात्मक तस्बिर


नेपालखबर
बैशाख १८, २०८२ बिहिबार ९:२३, काठमाडौँ

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयले आफ्ना जिल्लाका कक्षा १२ सञ्चालित विद्यालय/क्याम्पसहरूलाई संशोधित समय-तालिकाअनुसार २०८२ वैशाख २१ देखि जेठ २ सम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। 

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन साँतबुँदे नियम जारी गर्दै अनिवार्य पालना गर्न/गराउन लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुने प्रदेशका विद्यालय /क्याम्पसलाई भनेको हो।

यस्तो छ, सातबुँदे निर्देशन:

१. नियमित परीक्षार्थीहरू विद्यालयको पोसाकमा परीक्षा केन्द्रमा उपस्थित हुने व्यवस्था मिलाउने।

२. परीक्षार्थीलाई प्रवेशपत्रको पछाडि उल्लेख भएको विवरण र जानकारी राम्रोसँग अध्ययन गर्न लगाउने।

३. परीक्षार्थीहरूलाई परीक्षा सुरु हुनुभन्दा आधा घण्टाअगाडि (बिहान ७:३० बजे) नै परीक्षा केन्द्रभित्र पुगिसक्ने व्यवस्था मिलाउने।

४. परीक्षा सुरु भएको १५ मिनेटपश्चात् (बिहान ८:१५ बजेपछि) परीक्षा हलमा उपस्थित हुने परीक्षार्थीहरू उक्त दिनको परीक्षामा सहभागी हुन नपाउने सम्बन्धमा जानकारी गराउने। 

५. परीक्षामा लैजान निषेध गरिएका मोबाइल फोन, स्मार्ट घडीलगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस परीक्षा हलमा लगेको पाइएमा परीक्षा रद्द गरी उक्त सामग्री जफत गरिने र नियमानुसारको कारबाही हुनेबारे जानकारी गराउने।

६. परीक्षाको लागि चाहिने ग्राफ पेपर, चार्ट, गोश्वरा भौचर, बैँक नगदी किताब, लग टेबल, आईएस कोड (प्राविधिक धारतर्फका विद्यार्थीले), नेपाली कागज (लिगल ड्राफिङको परीक्षा दिने विद्यार्थीले) जस्ता सामग्रीहरू परीक्षार्थी स्वयंले रुजु गराई परीक्षा हलमा लैजान पाउने।

७. परीक्षार्थीलाई आफ्नो नाम, थर, जन्ममिति, परीक्षा दिने विषय, विषयकोड आदी रुजु गर्न लगाई कुनै त्रुटि देखापरेको खण्डमा विद्यालयको पत्र र प्रवेशपत्रसहित सुधारका लागि समयमै बोर्डमा पठाउने।

शिक्षक आन्दोलनका कारण वैशाख ११ गते गर्ने भनिएको कक्षा १२ को वार्षिक परीक्षा वैशाख २१ का लागि सारिएको हो।

तर वैशाख १७ गते आन्दोलन नेतृत्वकर्ता नेपाल शिक्षक महासंघ र सरकारबीच नौबुँदे सहमति भइसकेको छ भने त्यसलाई मन्त्रिपरिषद् बैठकले समेत अनुमोदन गरिसकेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad