ad ad

मधेस


अनुगमन टाेली आएपछि जनकपुरका औषधि व्यवसायीको भागाभाग

तीनवटा पसलमा सिल
अनुगमन टाेली आएपछि जनकपुरका औषधि व्यवसायीको भागाभाग

शैलेन्द्र महतो
साउन ११, २०७९ बुधबार १७:३२, जनकपुरधाम

जनकपुरधाममा औषधि व्यवस्था विभागले अनुगमन थालेपछि औषधि व्यवसायीहरुको भागाभाग भएको छ।

बुधबार बिहान १० बजेदेखि औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जको टोलीले नियमित अनुगमन थालेपछि दर्ता बिना सञ्चालनमा रहेका औषधि पसल सञ्चालकको भागाभाग भएको हो। 

जनकपुरमा वर्षौंदेखि आधा भन्दा बढी औषधि पसल दर्ता बिना अवैध रुपले सञ्चालनमा रहेका छन्। त्यस्ता थुप्रै औषधि पसल सञ्चालकले अनुगमनको बेला बन्द गरेर भाग्ने गरेका छन्।

आज पनि अनुगमन सुरु भएपछि थुप्रै औषधि व्यवसायी पसल बन्द गरेर फरार भएका हुन्। 

अनुगमनको क्रममा विभागले बिना दर्ता सञ्चालनमा रहेका तीनवटा औषधि पसलमा सिलबन्दी गरेको छ।

विभागका वीरगञ्ज फार्मेसी अधिकृत सर्फराज अहमद खानका अनुसार हस्पिटल रोडमा सञ्चालित पूर्वी क्लिनिक भित्र रहेको औषधि पसल, त्यही क्लिनिक छेउमै सञ्चालित अर्को औषधि पसल र जनकपुर प्रादेशिक अस्पताल अगाडि अर्थोपेडिक ट्रामा क्लिनिक भित्र सञ्चालित औषधि पसल सिल गरिएको हो। 

तीनवटै औषधि पसल दर्ता नगरी अवैध रुपमा सञ्चालनमा रहेकाले शिल गरिएको अधिकृत खानले बताए। 

जनकपुरमा वर्षौंदेखि सञ्चालित अवैध औषधि पसल अनुगमनका बेला बन्द हुने र अन्य दिनमा खुलेआम सञ्चालनमा रहेपनि सम्बन्धित निकाय मुकदर्शक बन्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .