ad ad

मधेस


गठबन्धन हुँदैन, केही सिटमा तालमेल हुन सक्छ : सीके राउत

गठबन्धन हुँदैन, केही सिटमा तालमेल हुन सक्छ  : सीके राउत

शैलेन्द्र महतो
साउन ३१, २०७९ मंगलबार २०:४१, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आगामी प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका छन्।

मंगलबार जनकपुरधाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले कुनै पनि पार्टीसँग गठबन्धन नहुने जानकारी दिए। केही सिटमा भने तालमेल हुन सक्ने उनले बताए।

‘राष्ट्रिय रुपमा हामी कुनै पनि पार्टीसँग गठबन्धन गरेर जाँदैनौं’ प्रशिक्षणमा डा.राउतले भने, ‘केही सिटमा तालमेलको सम्भावना छ। कुनै पार्टीले हाम्रा लागि केही सिट छोडेको खण्डमा हामीले पनि केही सिट छोड्न सक्छौं। कुनै क्षेत्रमा मिलाएर उम्मेदवारी दिन सकिनेछ।’

अध्यक्ष राउतले जनमत पार्टीले तराई–मधेशका सम्पूर्ण जिल्लासहित अन्य केही स्थानमा समेत उम्मेदवारी दिने बताए।

पाँचदलीय वा आठदलीय गठबन्धन भए पनि एक्लै चुनाव लड्नका लागि तयारी गर्न अध्यक्ष राउतले नेता तथा कार्यकर्ताहरुलाई निर्देशन लिए।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका नेता बीपी साहले मधेश केन्द्रीत शक्तिहरुबीच गठबन्धनको प्रयास भए पनि जसपा र लोसपाहरु मधेशीलाई छोडेर अन्य कित्तामा उभिन खोजेको आरोप लगाए । साहले भने,‘ जसपा र लोसपालाई मधेश र मधेशीप्रति माया मोह छ भने मधेशमा उहाँहरुसँग तालमेल गर्न तयार छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .