सप्तरीको राजविराजस्थित जिल्ला कारागारका ५ जना कैदीबन्दीले आत्मदाहकाे प्रयास गरेका छन्।
प्राप्त जानकारीअनुसार शनिबार बिहान राजविराज कारागारमा नाइकेसम्बन्धी विवादमा पाँचजना कैदीबन्दीले शरीरमा मट्टितेल छेर्केर आगो लगाउने प्रयास गरेका हुन्।
सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले दिएकाे जानकारीअनुसार गत दुई दिनदेखि दुई समूहबिच भएकाे विवादमा एक पक्षका पाँच जना कैदीले मेसमा खाना बनाउन राखिएकाे मट्टीतेल छर्केर आत्मदाहकाे प्रयास गरेका हुन्।
उनका अनुसार कारागार नाइकेले बिनाकारण दुर्व्यवहार र दु:ख दिने गरेकाले उनलाई हटाउनुपर्ने माग ती कैदीबन्दीले गरेका छन्।
एक पक्षले हटाउनुपर्ने अर्को पक्षले नहटाउने भनेपछि विवाद भएको हो।
हटाउनुपर्ने पक्षका कैदीबन्दीले आत्मदाहकाे प्रयास गरेका हुन्।
यद्यपि नाइकेलाई त्यहाँबाट अन्यत्र सारेपछि अहिले अवस्था सामान्य बनेकाे प्रमुख जिल्ला अधिकारी थापाले बताए।
आत्मदाहको प्रयास गरिए पनि तत्काल चिकित्सक टोली पुगेपछि क्षति हुन नपाएको बताइएको छ।
यो पनि : सातादिनमै ४ जनाको आत्मदाह, डाक्टर भन्छन् : झन् प्रोत्साहन गर्ने काम बन्द गरौँ
Shares

प्रतिक्रिया