मधेस


कटुवा पेस्तोल सहित सिरहामा १ जना पक्राउ

कटुवा पेस्तोल सहित सिरहामा १ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
असोज ३०, २०७९ आइतबार १२:३०, काठमाडौँ

सिरहाको सवैला नगरपालिका–१२ नहर चोकस्थित मैनाथपुर बिरेनद्रबजार सडकबाट कटुवा पेस्तोल १ थान सहित सिरहा गोलबजार नगरपालिका–७ चोहर्वा बस्ने ३५ वर्षीय राम सागर ठाकुरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले प्र २–०१–००२ प।३७२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राम सागरले प्रहरी टोलीलाई देख्नासाथ हातमा बोकेको झोला सहित भाग्न खोजेपश्चात उनलाई नियन्त्रणमा लिई तलासी गर्दा झोलाभित्र उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो।

हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .