मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिनाविभागीय मन्त्रीहरूको जिम्मेबारी बाँडफाँट गरेका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकबाट बिनाविभागीय मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट गरिएको हो। मुख्यमन्त्री यादवले शपथ ग्रहण गरेको ११ दिनपछि मन्त्रीहरुले जिम्मेवारी पाएका हुन्।
एमालेबाट सरकारमा सहभागी संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनमत पार्टीका वसन्त कुश्वाहालाई सामाजिक विकास मन्त्रालय र जसपाका संजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो।
यता, मुख्यमन्त्री यादवले एक दुई दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी समेत गरेका छन्।
एमालेले ४, जसपाले ३, जनमत पार्टीले २ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने सहमति भएको छ।
मुख्यमन्त्री यादवले गत पुस २९ गते तीन बिनाविभागीय मन्त्रीसहित शपथ लिएका थिए ।
Shares

प्रतिक्रिया