हरिवन सीटी जेसीजमा नेतृत्व हस्तान्तरण भएको छ। आइतबार राति हरिवनमा आयोजित समारोहमा विनोद महत नेतृत्वको हरिवन सिटी जेसीज २०२२ ले राजेश प्रसाद चौधरीको नेतृत्वमा गठन भएको वर्ष २०२३ को नेतृत्वलाई कार्यभार हस्तान्तरण गरेको हो।
केही दिनअघि भएको एक कार्यक्रममा सर्वसम्मत रुपमा हरिवन सीटी जेसीजको सात सदस्यीय नयाँ नेतृत्व चयन भएको हो।
समितिको कार्यकारी उपाध्यक्षमा रामप्रवेश दास र श्रवण भट्टराई छन्। त्यसैगरी उपाध्यक्षमा किरण कुमार थिङ, समुन्द्र देव खत्री, सन्दीप लामा र अर्जुन कुमार साह चयन भएका छन्।
कार्यक्रममा अध्यक्ष चौधरीसहितका पदाधिकारीलाई निवर्तमान अध्यक्ष विनोद महतले शपथ खुवाएका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीलाई जेसीज हरिवनको मानार्थ सदस्यता प्रदान गरिएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह र हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानले हरिवन सीटी जेसीजले युवा नेतृत्वको विकासमा युर्याएको योगदान र सामाजिक गतिविधिको प्रशंसा गरेका थिए।
प्रतिक्रिया