मधेस


हिरासतबाट फरार थुनुवामध्ये एक जना नियन्त्रणमा

हिरासतबाट फरार थुनुवामध्ये एक जना नियन्त्रणमा

नेपालखबर
माघ १६, २०७९ सोमबार १९:४७, जनकपुरधाम

धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका थुनुवाहरुमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर सोमबार बिहान ६ जना थुनुवा फरार भएका थिए। 

हिरासत कक्षबाटै थुनुवाहरु फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेश टोली खटाएर खोजतलास तीब्र पारेको छ। सो टोलीले फरार थुनुवा मध्ये रोशन महतोलाई पक्राउ गर्न सफल भएको हो।

मिथिला नगरपालिका वडा नम्बर ६का २८ वर्षीय महतोलाई बेलुका ६ बजे पुनः पक्राउ गरेको हो। उनीमाथि हातहतियार खरखजाना मुद्दा चलिरहेको छ।

महतोलाई हतियारसहित प्रहरीले गत शनिबार मात्रै पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो।  

यता फरार रहेका बाँकी ५ जना थुनुवालाई खोज तलास गर्ने कार्यलाई प्रहरीले तीब्र बनाएको छ। हातहतियार मुद्दाका शंकर सिंह, लागुऔषध मुद्दा लागेका विनोदकुमार शर्मा र अमित मण्डल र राष्ट्र सेवक बाधा मुद्दाका रोशन यादव र हरिदीप सिंह अझै फरार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .