ad ad

मधेस


मिटरब्याजी दिलिप साह प्रहरीको नियन्त्रणमा, हतियार र तमसुक बरामद

मिटरब्याजी दिलिप साह प्रहरीको नियन्त्रणमा, हतियार र तमसुक बरामद

पक्राउ परेका दिलिप साह।


जयन्त ठाकुर
माघ २१, २०७९ शनिबार १९:२३, जनकपुरधाम

मिटर ब्याजमा पैसा लगाउँदै आएका दिलिप साहलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रशासन कार्यालय धनुषामा साहविरुद्ध उजुरी परेपछि जिल्ला प्रहरी धनुषाबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो।

मिटरब्याजी साहविरुद्ध उजुरी परेपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १–स्थित निजको घर तथा पसलमा खानतलासि गर्दा हतियार सहित विभिन्न कपाली तमसुक बरामद गरेको छ।

प्रहरी नायव उपरीक्षक दिपक कुमार रायको कमाण्डमा खटिएको टोलीले खान तलासी गर्दा कटुवा पेस्तोल १ थान, ३०३ राईफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान १ र म्यागनमको खोका १ थान बरामद गरेको छ 

यसका साथै प्रहरीले दिलिप साह तथा उनको श्रीमति ममता देवी साह समेत नाममा रहेको राजिनामा फारम सहितको जग्गा धनीपुर्जा ३९ थान, दिलिप साहको नाममा जग्गा रोक्का रहेको फारम ५ थान, रकम उल्लेख नभई दस्तखत भएको सिटिजन बैंकको चेक १ थान,   कपाली तमसुक १५ थान, खाली कागजमा सहिछाप भएको ६ वटा पाना,  लेनदेन मुद्दाको विपक्षी पवन नारायण झाको नाममा रहेको सक्कलै म्याद बान १ थान, लेनदेन मुद्दाको दिलिप साहको नाममा रहेको तारेख पर्चा १४ थान समेत बरामद गरेको हो। 

उनलाई पक्राउ गरेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .