मधेस


पूर्वशिक्षकका परिवारलाई माओवादीको आर्थिक सहयोग

पूर्वशिक्षकका परिवारलाई माओवादीको आर्थिक सहयोग

नेपालखबर
फागुन १७, २०७९ बुधबार ८:४२, सर्लाही

केही दिनअघि मृत्यु भएका पूर्वशिक्षक पद्म खड्काका परिवारलाई नेकपा माओवादी केन्द्र सर्लाहीले आर्थिक सहयोग गरेको छ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकी, अर्का केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज अच्युतम काफ्लेलगायत नेताले मंगलबार बरहथवा नगरपालिका ८ स्थित खड्काको घरमै पुगेर उनकी पत्नी सुमित्रा खड्कालाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन्।

माओवादी केन्द्रका नेतासमेत रहेका पूर्वशिक्षक खड्काको ७२ वर्षको उमेरमा यही फागुन ४ गते निधन भएको थियो। 

खड्का परिवारको आर्थिक अवस्था कमजोर भएका कारण थोरै भए पनि राहत पुगोस् भनेर पार्टीका तर्फबाट आर्थिक सहयोग गरिएको नेता काफ्लेले जानकारी दिए। 

युवा अवस्थादेखि नै वामपन्थी राजनीतिमा लागेका खड्का शिक्षण पेसासँगै कम्युनिस्ट आन्दोलनमा पनि सक्रिय थिए। 

‘स्थायी शिक्षकबाट निवृत्त भए पनि राजनीतिमा लागेकै कारण खड्का परिवारको आर्थिक अवस्था कमजोर छ’, काफ्लेले भने, ‘पदमजीको उपचारमा सहयोग गर्ने उद्देश्यले हामीले त्यतिबेलै पार्टीका साथीहरुबाट आर्थिक सहयोग संकलन गरेका थियौँ। तर, उपचारकै क्रममा उहाँको मृत्यु भएपछि संकलित रकम आश्रित परिवारलाई हस्तान्तरण गरिएको हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad