मधेस


तिघ्रामा लागुऔषध बाँधेर नेपाल आउँदै गरेकी भारतीय युवती पक्राउ

तिघ्रामा लागुऔषध बाँधेर नेपाल आउँदै गरेकी भारतीय युवती पक्राउ

नेपालखबर
असार २३, २०८३ मंगलबार १७:३७, जनकपुरधाम

सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा ठूलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। 

सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आइरहेको मप्र०३–००१ ह १९८१ नम्बरको ई–रिक्सा शंकास्पद अवस्थामा फेला परेपछि चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषध फेला परेको जनाएको छ। 

सशस्त्रका अनुसार सो ई–रिक्सामा बसेकी अन्दाजी २५ वर्षीया एक भारतीय महिलाले आफ्ना दुवै तिघ्रामा टेपले बाँधेर लुकाईछिपाई ल्याएको अवस्थामा प्रतिबन्धित लागुऔषध डाइजोपाम दुईसय एम्पुल, हाइड्रोक्लोराइड दुई सय एम्पुल र बुप्रेनोर्फिन २ पिस, फेला परेको हो।

पक्राउ परेकी महिलालाई बरामद गरिएका लागुऔषध र ई–रिक्सासहित आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ। सो घटनामा अन्य दुईजना व्यक्तिलाई समेत पक्राउ गरी कारबाहीका लागि पठाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

यस्तै, वीरगञ्जबाटै अवैध रूपमा भन्सार छलेर ल्याइएका ठूलो परिमाणका भिटामिन औषधि समेत सशस्त्र प्रहरीले बरामद गरेको छ। उनका अनुसार वीरगञ्ज महानगरपालिका–१ स्थित छपकैया सीमा क्षेत्रमा ५ लाख मूल्य बराबरको चार कार्टुन भिटामिन ओैषधि सशस्त्र प्रहरीको बीओपी सिर्सियाबाट खटिएको टोलीले बरामद गरेको हो। 

बरामद गरिएका ती औषधि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको निरौलाले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad