विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज पत्रकार महासंघ मधेश प्रदेश समितिले रौतहटको चन्द्रनिगाहपुरमा प्रभातफेरी गरेको छ।
प्रभातफेरीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दहालले विश्वभर नै अहिले पनि प्रेस स्वतन्त्रतामा चुनौती रहेको बताए।

‘विश्वभर आजपनि लेखेकै आधारमा ३३५ जना पत्रकार जेल जीवन बिताइरहेका छन्’, दाहालले भने, ‘विश्वभर अहिले पनि प्रेस स्वतन्त्रतामाथि चुनौती कायमै छ। विभिन्न चुनौतीलाई चिर्दै हामीले पत्रकाररिताको यात्रालाई अघि बढाउनु पर्ने दायित्व छ।’
उनले समाज र राष्ट्रको हितका लागि साहसपूर्वक खोजी पत्रकारिता गर्ने पत्रकारहरुप्रति सम्मान व्यक्त गरे।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ मधेश प्रदेश समितिले आज चन्द्रनिगाहपुरमा सञ्चार सम्मेलन पनि गर्दै छ।
सम्मेलनमा सहभागी हुन मधेश प्रदेशका ८ वटै जिल्लाका पत्रकार चन्द्रनिगहापुरमा जम्मा भएका छन्।
Shares

प्रतिक्रिया