ad ad

मधेस


जनकपुरबाट अपहृत नाबालकको १५ दिनपछि सशुकल उद्धार, एक महिला पक्राउ

जनकपुरबाट अपहृत नाबालकको १५ दिनपछि सशुकल उद्धार, एक महिला पक्राउ

अपहरणमुक्त गरिएका नाबालकसँग एसपी वसन्त रजौरे। तस्बिर : नेपालखबर


शैलेन्द्र महतो
असार २१, २०७९ मंगलबार १८:१, जनकपुरधाम

जनकपुरबाट अपहरणमा परेका ३ वर्षीय बालकलाई प्रहरीले दुई सातापछि उद्धार गरेको छ। 

अपहरणमा परेका भारत सीतामढी बर्गनिया प्रखण्ड घर भई जनकपुर उपमहानगरपालिका-७ भमरपुराचोकस्थित एक घरमा डेरा बस्ने हरिओम चौधरीका ३ वर्षीय छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गरेको हो। 

बालकलाई अपहरणमा संलग्न एकजना महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका ४ बस्ने ५५ वर्षीया मैथुन खातुन रहेकी छन्। 

उनलाई घरबाटै मंगलबार दिउँसो पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।  

गत असार ६ गते बिहान ७ बजे घर अगाडि खेल्न कोठाबाट बाहिर निस्केका बालक बेपत्ता भएका थिए।

प्रहरीलाई जानकारी हुने बितिकै बालकको खोजतलासमा धनुषा प्रहरी सक्रिय भएको थियो।  

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले इलाका प्रहरी कार्यालय सहोडवा, महोत्तरीको सहकार्यमा अपहरणमा संलग्न  महिलालाई घरबाटै पक्राउ गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .