Nepal Khabar TV


प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि छलफल (लाइभ)


नेपालखबर
भदौ २ , काठमाडौँ

प्रतिनिधि सभाको बैठक सुरु भएको छ। बैठकबाट राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि  फिर्ता पठाइदिएको नागरिकता ऐन संशोधन विधेयक हुबहु पारित गर्ने तयारी छ।

३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रपतिले पुनर्विचार गर्न आएको विधेयक हुबहु फेरि पठाउने निर्णय गरेको थियो।

संसद्का दुवै सदनबाट पास भइसकेको नागरिकतासम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए। 

तर, राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन्।

बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेले नागरिकता विधेयकमा साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाउनुपर्ने माग गरेको थियो। 

यसबारे विषयगत समितिमा पनि छलफल गर्नुपर्ने माग गरेका थिए । तर, संसद् सचिवालयले बिहीबारै विधेयक पारित गर्ने विषय कार्यसूचीमा चढाएको छ।

भदौ २, २०७९ बिहिबार १२:१९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .