Nepal Khabar TV


ऐरीको जादू नचल्दा सुदूरपश्चिमको पहिलो हार, लगातार किन हार्‍यो लुम्बिनी? (भिडिओ)


लक्ष्मी जि.सी
मंसिर २३ , काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) मा ६ वटा टोलीले चौथो चरणका खेल सक्दा एउटा टोलीजितविहीन र एउटा अपराजित छन्। हरेक टोलीले खेल्ने लिगका सातमध्ये चारवटा खेल सकिँदा जनकपुर बोल्ट्स मात्र अपराजित रहन सफल भएको छ। 

लगातार चार जितसँगै जनकपुरको अघिल्लो चरण पुग्ने सम्भावना पनि बलियो भएको छ। तर नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहित पौडेलकै जनकपुर भने लगातार हार भोगिरहेको छ।

लुम्बिनी आइतबार बिहान जनकपुरसँग एक रनले पराजित हुन पुग्यो। लुम्बिनीलाई अंकविहीन बनाएको जनकपुर ८ अंकसहित शीर्षस्थानमा छ।

यता सुदूरपश्चिम रोयल्सको भने चौथो चरणको खेलमा अपराजित यात्रा तोडिएको छ। आइतबार दिउँसो भएको खेलमा सुदूरपश्चिमलाई चितवन राइनोजले ३३ रनले पराजित गर्‍यो। यो नतिजासँगै दुवै टोलीको समान ३ जित र एक हारसहित ६ अंक छ। तर नेट रनरेटका आधारमा सुदूरपश्चिम दोस्रो र चितवन तेस्रो स्थानमा छन्।

४ खेलमा ४ अंक जोडेको कर्णाली याक्स चौथो स्थानमै छ। पोखरा एभेन्जर्स र काठमान्डु गुर्खाजले एक-एक खेल कम खेलेका छन्। तीन खेल मात्रै खेलेका यी टोली नेट रनरेटका आधारमा पोखरा पाँचौँ र काठमान्डु छैटौं स्थानमा छन्।

चार खेल खेलेको विराटनगर किङ्सले एक खेल मात्रै जितेको छ। लुम्बिनीलाई हराएको विराटनगर लुम्बिनीभन्दा एक स्थान माथि छ। सबै टोलीले एकअर्कासँग (७ खेल) खेलिसकेपछि शीर्षस्थानमा रहने चार टोली प्लेअफमा पुग्नेछन्। चार टोली भने बाहिरिनेछन्।

अब मंगलबारदेखि पाँचौँ चरणका खेल सुरु हुनेछन्। मंगलबार बिहान ९ बजे हुने पहिलो खेलमा चितवन र लुम्बिनी पाँचौँ चरणको खेलमा भिड्नेछन्। दिउँसो कर्णाली पाँचौँ र पोखरा आफ्नो चौथो खेलमा आमनेसामने हुनेछन्। 

काठमान्डु गुर्खाजले भने चौथो चरणको खेल बुधबार दिउँसो लुम्बिनीसँग खेल्नेछ। तर, त्यसअघि जनकपुर र सुदूरपश्चिम भिड्नेछन्।

मंसिर २३, २०८१ आइतबार १९:२३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad