Nepal Khabar TV


यसरी बन्दैछ बाढीले डुबाएको च्यासल रंगशाला (भिडिओ)


सरोज नेपाल
पुस २३ , काठमाडौँ

गत असोजमा गएको भारी वर्षा र बाढीका कारण क्षतिग्रस्त भएको च्यासल रंगशालाको पुनःनिर्माणको काम बल्ल सुरु भएको छ। सरकारले वैकल्पिक रंगशालाको रूपमा निर्माण गरेको यो रंगशाला असोज दोस्रो साताको बाढीपछि प्रयोगविहीन भएको थियो।

बाढीका कारण रंगशालाको भुइँ तहको सबै सजावट डुबानमा परेको थियो। करोडौँ खर्चिएर निर्माण गरिएको रंगशालाको प्यारापिटमा समेत क्षति पुगेको थियो। बाढीका कारण रंगशालाको मैदानभरि ढुंगा–माटोसहितको फोहोर थुप्रिएको थियो भने टेक्निकल सेन्टरमा समेत क्षति पुगेको थियो ।

२८ करोडभन्दा बढी खर्च गरेर निर्माण गरिएको भनिएको यो रंगशालामा पर्खाल नभएका कारण रंगशालाको पश्चिमतर्फबाट हरेक वर्षजसो बागमती तथा मनोहराको बाढी पस्ने गरेको छ। बाढीले क्षति भएको तीन महिनापछि अहिले मैदानको मर्मत सम्भारको काम भइरहेको छ। च्यासल युथ क्लबको समन्वयमा तत्कालका लागि फुटबल खेलको अभ्यास गर्न मिल्नेगरी रंगशालाको मर्मत थालिएको हो।

राष्ट्रिय खेलकूद परिषद्ले करिब पाँच वर्ष लगाएर सन् २०२१ मा यो मैदान निर्माण गरेको थियो। दशरथ रंगशालाको विकल्पको रुपमा व्याख्या गरिएपनि अझैसम्म मैदानको बागमती किनारतर्फको प्यारापिट नै बनेको थिएन। यसवर्ष बाढीले थप क्षति पुर्‍याएपछि मैदानको निर्माण थप खर्चिलो बनेको छ।

पुस २३, २०८१ मंगलबार १५:४१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad