Nepal Khabar TV


एकै ठाउँमा उभिएका कमल थापा र राजेन्द्र लिङ्देनले पार्टी एकता गर्न लागेका हुन्? (भिडिओ)


नेपालखबर
बैशाख ३१ , काठमाडौँ

हामीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सोध्यौँ– तपाईं राप्रपासँग एकता गर्न तयार भए पनि राप्रपाका नेताहरू तपाईंलाई ल्याउन मानिरहेका छैनन् नि?

‘यो अध्याय पनि पुरानो भइसक्यो ,’ जवाफमा थापाले भने, ‘अहिले हामी एकै ठाउँमा छौँ। मोर्चा बनाएर आन्दोलनको घोषणा गरेर अघि बढिसक्यौँ। पार्टी एक बनाउन पनि असम्भव छैन। हाम्रो विचारमा आएको संकटलाई दृष्टिगत गरेर एकताबद्ध भएका छौँ, एउटै मोर्चामा आबद्ध भएका छौँ। यसरी काम गरेपछि स्वाभाविक रूपमा एकअर्काप्रति विश्वास पनि बढ्छ, आत्मियता पनि बढ्छ र एकता पनि हुनसक्छ।’

तपाईंलाई पार्टीमा ल्याएपछि फेरि पार्टी फुटाउनुहुन्छ कि भन्ने डर पो हो कि? 

‘त्यस्तो किसिमको आशंका हुनसक्छ। त्यो आशंकालाई दूर गरेर हामी अघि बढ्नुपर्छ,’ थापाले भने।

हेर्नुस् थापासँग गरिएको कुराकानी नेपालखबर ‘तत्कालै’ : 

बैशाख ३१, २०८२ बुधबार १९:१५

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad