ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माणको बाटो खुलेको छ।
सर्वोच्च अदालतले केबलकार निर्माण कार्य यथास्थितिमा राख्न दिएको अल्पकालीन आदेश निष्क्रिय हुने गरी नयाँ आदेश जारी गरेसँगै केबलकार निर्माणको बाटो खुलेको हो।
दुवै पक्षको छलफलपछि न्यायाधीशद्वय डा नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले बुधबार अन्तरिम आदेश दिनु नपर्ने आदेश गरेको हो।
ताप्लेजुङका स्थानीय यामबहादुर लिम्बूसमेतले पाथीभरा देवी दर्शन केबलकार, फुङलिङ नगरपालिका, नेपाल सरकार आदिलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। उक्त रिटको सुनुवाइका क्रममा सर्वोच्चले निवेदकको मागबमोजिम अन्तरिम आदेश नहुने भनेको छ।
264
Shares

प्रतिक्रिया