ग्लोबल छनोटमा पुगेपछि नेपाली टोली बुधबार राति मात्र स्वदेश फर्किएको हो। स्वदेश फर्किएपछि बिहीबार नेपालखबर ‘तत्कालै’मा पूर्वकप्तान रुविनाले त्यो क्षण आफूहरु सबैका लागि अविस्मरणीय रहेको सुनाइन्।
‘साँच्चै भन्नुपर्दा यो खुसीलाई शब्दमा बयान गर्न सकिँदैन। कुनै समय अब पुगिँदैन होला, आफ्नो लाइफ सेटल गर्न पर्छ भन्ने लागेको थियो। तर केही हैन खेल्नुपर्छ भनेर लागिरहेँ,’ उनले भनिन्, हामी ग्लोबल छनोटमा पुग्यौँ भनेर विश्वास नै गर्न सकिरहेका थिएनौँ, खेलपछि हामी सबैजना रौयौँ किनकि यो हामी सबैको सपना थियो। खेलपछि कोही किट ब्याग मिलाउन लागेका थिए, कोही गफ गर्दै थिए। झण्डै आधा घण्टासम्म पनि हामी विश्वास गर्न पनि सकिरहेका थिएनौँ।’
जेठ ९, २०८२ शुक्रबार १७:४

प्रतिक्रिया