नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याटर कुशल भुर्तेल क्रिकेटमा कहिलेकाहीँ जति कोसिस गर्दा पनि नहुने बताउँछन्।
‘कहिलेकाहीँ अब गर्छु नै भनेर जति कोसिस गरे नि नहुने रहेछ जस्तो लाग्यो,’ नेपालखबर सो ‘लेट्स टक’मा गफिन आएका उनले भने, ‘गेम हो। कहिलेकाहीँ लक पनि चाहिन्छ गेममा। कहिलेकाहीँ फ्लोमा सजिलै रन लागिरहेको हुन्छ। आफूले जे गर्दा पनि त्यो बल ब्याटमा आए जस्तो लाग्छ। कहिलेकाहीँ त बलै आउँदैन जस्तो लाग्छ। जतिबेला रन लागिरहेको हुँदैन, मलाई फिल हुन्छ त्यो क्षण। जतिखेर पर्फर्मेन्स भइरहेको हुँदैन, त्यतिखेर बल टाढाटाढा गएको महसुस हुन्छ। जहिले रन लागिरहेको हुन्छ, त्यतिखेर जता खेले पनि त्यति रन लाग्ने जस्तो हुन्छ।’
हेर्नुहोस्, उनीसँग गरिएको कुराकानी ‘लेट्स टक’:
असार ३१, २०८२ मंगलबार १४:५०

प्रतिक्रिया