पछिल्लो समय अभिनेता जीतु नेपालमाथि निर्देशकको काममा हस्तक्षेप गर्ने र फिल्मको कथामा अनावश्यक हात हाल्ने गरेको आरोप लागिरहेको छ। यहीकारण उनी फिल्म ‘परालको आगो’बाट बाहिरिएको र ‘कार्की साइँला’मा लफडा परेर बाहिरिने अवस्था सिर्जना भएको चर्चा चलिरहेको छ।
तर, जितुले बजारको हल्ला सबै निराधार रहेको बताउँदै खास कारण खुलाएका छन्।
‘साँचो कुरा बोल्दा यस्तो हुने रहेछ,’ उनी भन्छन्, ‘‘कार्की साइँला’ को कथा २०३२ सालको छिन्ताङ घटनामा आधारित थियो, जुन बनाउन निकै गाह्रो र खर्चिलो थियो। मैले निर्मातालाई यो जोखिम नलिनुस् भन्दा विवाद भयो भनियो। वास्तवमा, बाटो र मौसमको प्राविधिक कारणले सुटिङ रोकिएको हो। यो फिल्ममा म हुन्छु र सुटिङ हुन्छ।’
‘परालको आगो’ को सन्दर्भमा भने असारबाटै सुरु हुने भनेको सुटिङ सर्दैसर्दै दसैँमा धकेलिएपछि उनले फिल्म छाड्न बाध्य भएको बताए।
‘फिल्मको सुटिङ सर्दैसर्दै दशैँमा आइपुग्यो। म दसैँमा परिवार छाडेर कहिल्यै बाहिर गएको छैन। मैले निर्देशकलाई दसैँमा काम गर्न सक्दिनँ भनेपछि आपसी सहमतिमै छाडेको हुँ, कुनै झगडाले होइन,’ उनले भने।
जितु आफूलाई हतारमा निर्णय लिने र फुर्सदमा पछुताउने व्यक्तिको रूपमा स्वीकार्छन्।
भन्छन्, ‘म ढाँट्न जान्दिनँ, जे लाग्छ भनिदिन्छु तर मलाई थाहा हुँदैछ, मान्छे कहिलेकाहीँ डिप्लोमेटिक पनि हुनुपर्दो रहेछ। ’
हेर्नुहोस्, जितुसँगको गाईजात्रा विशेष एपिसोड, जहाँ उनले कतै हँसाएका छन्, कतै जीवनका संघर्ष सुनाउँदै भावुक भएका छन् :

प्रतिक्रिया