राजनीति


भिजिट भिसा प्रकरणमा सभामुखले सरकारपक्षीय भएर सोच्नु भएन: राप्रपा

भिजिट भिसा प्रकरणमा सभामुखले सरकारपक्षीय भएर सोच्नु भएन: राप्रपा

नेपालखबर
साउन १९, २०८२ सोमबार १४:४२, काठमाडौँ

विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएका छन्। सोमबार (साउन १९) प्रतिनिधिसभा बैठकमा उनले भिजिट भिसा प्रकरणमा सभामुखले सरकारपक्षीय भूमिका खेलेको आरोप लगाएका हुन्।

भिजिट भिसा आफैँमा समस्या नभएको उनले उल्लेख गरे। उनले सरकारको नियतमा समस्या रहेको बताए। भ्रष्टाचार र मानव तस्करीका मुद्दामा जनप्रतिनिधिले आवाज उठाउँदा कार्यकारी तहबाट संविधानविरोधी भनेर खारेज गर्न खोजिएको भन्दै उनले आपत्ति जनाए।

'समस्या भिजिट भिसाको होइन। समस्या नियतको हो। भिजिट भिसामा त सबै जान्छन्। श्रम मन्त्रालयका विभिन्न संयन्त्रहरूले मानिसलाई विदेशमा पठाउने गरेका छन्, जसमा इमिग्रेसन पनि जोडियो, जुन गृह मन्त्रालय मातहत रहेको छ,' उनले भने, 'यसमा कमी–कमजोरी देखियो। ३० लाख जनताको प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले यसको विरोध गर्दा व्यवस्था र संविधानविरोधी भनेर कार्यकारी व्यक्तिबाट अभिव्यक्ति आउनु एकदमै खेदजनक छ। हामी समाधान चाहन्छौँ। '

उनले भिजिट भिसा प्रकरणका कारण संसद्‌मा रहेको विवाद समाधानका निम्ति अग्रसर हुन आग्रह गरे। भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म आफ्नो पार्टीको आन्दोलन जारी रहने उनले बताए।

'सभामुखज्यूले पनि सहयोगका लागि आवश्यक केके गर्नुपर्ने हो गर्नुपर्‍यो,' उनले थपे, 'सरकारपक्षीय भएर सोचिदिनु भएन। त्यसको समाधान निकाल्नको लागि क्षमातावान हुनुहुन्छ सभामुख महोदय, त्यसतर्फ प्रयास गरौँ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad