हङकङमा नेपाली जनसम्पर्क समितिको नयाँ नेतृत्व चयन, सभापतिमा गुरुङ

हङकङमा नेपाली जनसम्पर्क समितिको नयाँ नेतृत्व चयन, सभापतिमा गुरुङ

मगेन्द्र राई
असार २९, २०७८ मंगलबार १९:१८,

हङकङमा नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समितिको १२औं अधिवेशनले काजीकुमार गुरुङलाई सभापति बनाएको छ।  

जोर्डनस्थित याक एन्ड यति रेस्टुरेन्टमा यही असार २७ गते सम्पन्न अधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। 

नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ।

अधिवेशनमा सभापति सर्वसम्मत चयन गर्न प्रयास गरिए पनि अन्तमा काजीकुमार गुरुङ र गोविन रानाबीच चुनावै गर्नुपरेको हो। 

रानालाई  २४ मतको अन्तरले हराउँदै गुरुङ सभापतिमा निर्वाचित भएका हुन्। 

खसेको कूल १७९ मतमध्ये गुरुङका पक्षमा ९७ र रानाका पक्षमा ७३ मत परेका हुन्। ९ मत भने बदर भएका थिए। 

बाँकी पदाधिकारी/सदस्य भने सर्वसम्मत नै चयन भएका हुन्। 

गुरुङ केही वर्षअगाडि दुईपटक उपसभापति भइसकेका थिए भने राना एघारौं अधिवेशनबाट उपसभापति बनेका थिए। 

सभापतिको चुनावका विषयमा समितिकै केही सक्रिय सदस्यले भने असन्तुष्टि जनाएका छन्। नाम उल्लेख नगर्ने सर्तमा एक सक्रिय सदस्यले रानाजस्तो योग्य व्यक्तिको नेतृत्व गुमाउनु समितिको दुर्भाग्य भएको दाबी गरे। 

उनका अनुसार राना राजनीतिक परिवारबाट आएका व्यक्ति हुन् भने  हङकङकै सिटी युनिभर्सिटीमा प्राध्यापन पेसामा संलग्न छन्। 

सन् १९९६ मा स्थापित समितिमा ५१२ जना सक्रिय सदस्य छन्। कांग्रेसको जिल्ला समितिसरह मान्यता प्राप्त समितिले पार्टीको विधानअनुरूप ३ जना महासमिति सदस्य र ४ अधिवेशन प्रतिनिधि गरी कूल ७ जनाले केन्द्रीय महासमितिको अधिवेशनमा सहभागी हुन पाउँछन्।

नवनिर्वाचित नेपाली जनसम्पर्क समितिको सूची
सभापति : काजीकुमार गुरुङ
उपसभापति : डा. श्रद्धा खड्का  
उपसभापति : नवीन सुहाङ
महामन्त्री : शैलेन्द्रसिंह कुमार बोगटी
महामन्त्री : भविन लिम्बु 
सहमहामन्त्री : सरुण सेरचन 
सहमहामन्त्री : किरण राई 
सदस्यहरू
सन्तोष गुरुङ
दीपा गुरुङ 
उपेन्द्र विश्वकर्मा 
सेसाहाङ थुलुङ राई 
तुरन गुरुङ 
अशोक राना 
तीर्थराज न्यौपाने 
हरि थापा

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .