हङकङको पार्कमा गोली हानेर अंकल र आन्टीको हत्या गर्ने महिलालाई आजीवन जेल

हङकङको पार्कमा गोली हानेर अंकल र आन्टीको हत्या गर्ने महिलालाई आजीवन जेल

(तस्बिर: एससीएमपी)


नेपालखबर
असार ३१, २०७८ बिहिबार १९:४७,

सन् २०१८ मा आफ्ना दुई आफन्तलाई पार्कमा गोली हानी हत्या गर्ने एक महिलालाई अदालतले आजीवन जेल सजाय सुनाएको छ।

बिहीबार उच्च अदालतले एदा सिम सुम–किटलाई आजीवन जेल सजाय सुनाउँदा उनले आफू खुशी भएको बताएकी थिइन्।

उनले सन् २०१८ मा क्वारी बे पार्कमा आन्टी जिम सुई–फान र अंकल चिम चुन–किको गोली हानी हत्या गरेका थिए।

उनले आफ्नो मृत आमाको बदला लिन हत्याको योजना बनाएका थिए। त्यसका लागि उनले २५ क्यालिबरको पेस्तोल र ५० राउन्ड गोली तयारी अवस्थामा राखेका थिए।

उनका आमाको स्वास्थ्य अवस्था नाजुक भएपछि उनका सात अंकल र आन्टीहरुले आमालाई वृद्धाश्रममा छाडेका थिए।

सन् २०१५ मा आमाको मृत्यु भएपछि उनको आफन्तहरुसँग सम्पत्तिको विषयमा समेत विवाद हुँदै आएको बताइएको छ।

उनलाई अंकल र आन्टीहरुले नै पाल्दै आएका थिए। एक दिन पार्कमा भेला गराएर अंकल र आन्टीलाई उनले आक्रमण गरेकी थिइन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .