नेपाल हङकङको ‘उच्च जोखिम’ सूचीमै, अमेरिकासहित १५ देश थपिए

नेपाल हङकङको ‘उच्च जोखिम’ सूचीमै, अमेरिकासहित १५ देश थपिए

कोरोना संक्रमण रोक्न हङकङ विमानस्थलमा उच्च सतर्कता अपनाइएको छ (तस्बिरः यूरोन्यूज)


नेपालखबर
साउन ३२, २०७८ सोमबार १५:२७, काठमाडौँ

हङकङले नेपालसहित १० वटा देशलाई कोरोना संक्रमणको उच्च जोखिम सूचीमा यथावत राखेर अमेरिका लगायत १५ देशलाई सो सूचीमा चढाएको छ। 

उच्च जोखिम सूचीमा परेका देशबाट हङकङ आउने व्यक्तिहरूको कडा परिक्षण गरिने र क्वारेन्टिन अवधी पनि लामो हुने अधिकारहिरूले जनाएका छन्।   

कोरोना भाइरसको डेल्टा संस्करणको संक्रमण बढिरहेको अवस्थामा सोमबार हङकङले उच्च जोखिम सूचीमा १५ वटा देशलाई थप गरेको हो। 

अमेरिकासहित यी १५ देशबाट हङकङ आउने व्यक्तिको परिक्षण र क्वारेन्टिनको नियम शुक्रबारबाट लागू हुनेछ। 

मध्यम जोखिमको सूचीबाट उच्च जोखिम सूचीमा चढेका देशहरूमा अमेरिका, थाइल्याण्ड, फ्रान्स, मलेसिया, युएई, कम्बोडिया, ग्रिस, इरान, नेदरल्याड, स्पेन, स्वीटजरल्याड, तान्जानिया, टर्की छन्। त्यस्तै दक्षिण एसियाका बंगलादेश र श्रीलंकालाई पनि हङकङले उच्च जोखिम सूचीमा चढाएको छ भने अष्ट्रेलियलाई मध्यम जोखिम सूचीमा राखिएको छ। 

नेपाल, भारत, ब्राजिल, इण्डोनेसिया, आइरल्याण्ड, पाकिस्तान, फिलिपिन्स, रुस, दक्षिण अफ्रिाका र बेलायत यसअघि नै हङकङको उच्च जोखिम सूचीमा रहेका छन्।  

अमेरिकामा शुक्रबार एक लाख ४० हजार नयाँ संक्रमित भेटिएपछि हङकङले उच्च जोखिम सूचीमा चढाएको हो।

अब यी १५ देशबाट हङकङ आउने व्यक्तिहरूले पनि बोर्डिङ पास लिएको कम्तिमा १४ दिनअघि पुरै डोज खोप लगाएको हुनु पर्नेछ। उनीहरू हङकङ विमानस्थल उत्रिएपछि सिधै २१ दिन होटल क्वारेन्टिनमा जानु पर्नेछ भने त्यस क्रममा चार वटा परिक्षण हुनेछ। त्यस्तै हङकङ उत्रिएको २६ औँँ दिन अर्को परिक्षण पनि हुनेछ। 

त्यस्तै अष्ट्रेलियाबाट आउने व्यक्तिले यदि खोप लगाएको छैन भने २१ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ। 

सोमबार हङकङमा स्वीट्जरल्याण्ड, मलेसिया र जापानबाट आएका तीन जनामा कोरोना संक्रमण  भेटिएको छ।  

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .