हङकङमा ‘मास्क प्रतिबन्ध’को अवज्ञा गर्नेहरु पक्राउ पर्न थाले

हङकङमा ‘मास्क प्रतिबन्ध’को अवज्ञा गर्नेहरु पक्राउ पर्न थाले

मगेन्द्र राई
कात्तिक ५, २०७६ मंगलबार ७:१५,

हङकङमा सरकारबिरुद्धको प्रदर्शनमा आन्दोलनकारीले मास्क लगाएर हिंस्रक प्रदर्शन गर्न थालेपछि सरकारले मास्क प्रतिबन्ध लगाएको छ।

केही हप्तायता मास्क प्रतिबन्ध गर्ने नियम हङकङमा बनेको छ। तर प्रदर्शनकारीले अझै पनि मास्क लगाउन छाडेका छैनन्।

मास्क प्रतिबन्धको कानुन अवज्ञा गर्ने मानिसहरु धमाधम पक्राउ पर्न थालेको हङकङ प्रहरीले जनाएका छन्।

प्रदर्शनको क्रममा दर्जनौं पक्राउ परेको कुरा प्रहरीले नियमित प्रेस ब्रिफिङमा जानकारी गराएको छ।

प्रहरीका अनुसार गत शुक्रबारदेखि आइतबारको अवधि भर १५ देखि ६७ बर्षका ५३ पुरुष र १५ महिला गरि कुल ६८ आन्दोलनकारीहरु पक्राउ परेका छन्।

गत सोमबार साँझ मास्क लगाएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। युनलोङ क्षेत्रमा झपड हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको र एक प्रदर्शनकारी प्रक्राउ परेको द स्टान्डर्डले बताएको छ।

जनसम्पर्क शाखाका प्रमुख प्रहरी उपरिक्षक त्से चुन चुङका अनुसार पक्राउ पर्नेहरु चोरी, गैरकानुनी जमघट, गैरकानुनी जमघटका नकाब लगाई कानुनी अबज्ञा गरेको, सार्बजनिक सम्पत्तिको तोडफोड गरी क्षति पुर्याएको, सार्वजनिक ठाउँमा झगडा गरेको र आपत्तिजनक तथा गैरकानुनी हतियार बोकेको जस्ता अपराधको आरोपमा पक्राउ परेका छन्।

त्सेका अनुसार गुप्तचर बिभागका अधिकारीहरूले ताई पो जिल्लामा ट्याक्सीमा सवार ३१ र ३४ बर्षीय दुई पुरुषलाई समेत पेट्रोल बमसहित रङ्गेहात पक्राउ गरेको छ।

काउलुन वेस्टका क्षेत्रीय कमाण्डर चेउक हौ–यिपले चिम सा चुईस्थित मस्जिद बाहिर रहेका निर्दोष मानिसहरूलाई पानीको फोहोराले प्रहार गरेकोमा माफी मागेका छन्।

साथै उनले रेल स्टेशन, पसल र प्रहरी स्टेशन लगायतमा तोडफोड, आगजनी र सय भन्दा बढी पेट्रोल बम प्रहरीमाथि प्रहार गरेर सुरक्षाकर्मीहरुको ज्यान जोखिममा पारेको भनी भत्सर्ना गरेका छन्।

पाकिस्तानी मुलका साइबर सुरक्षा र प्रबिधि अपराध ब्यूरोका उपरीक्षक स्वालिख मोहम्मदका अनुसार गत आईतवार प्रहरीको कारवाहीको उद्देश्य भीडलाई तित्तरबितर पार्नु थियो। उनले भने,“हामीलाई प्राप्त सूचनाअनुसार मस्जिद आन्दोलनकारीहरुको निशानामा परेको थियो। तर हाम्रो उद्देश्य मस्जिदमा क्षति पुर्याउनु थिएन। तसर्थ घटना हुने बित्तिकै तुरुन्त मस्जिद र मुस्लिम समुदाय नेताहरूसँग सौहार्दपुर्ण संवाद गर्यौ र माफी माग्यौ।’

उनले थपे,‘केही दुरासय मनसाय भएकाहरुले घटनालाई अतिरन्जित गराउदै समुदाय बीच विभाजित गर्ने र हिंसा भड्काउने किसिमका बिचारहरु विद्युतीय सन्चार माध्यमहरुमा प्रचार प्रसार गरेका थिए। सरकार र प्रहरी बिरुद्ध जिहाद छेड्नसमेत उक्साई रहेका थिए। तर हङकङका मुस्लिमहरु विवेकशील र शान्तिप्रिय छन्, उनीहरु त्यस्ता षड्यन्त्र वा बहकाउको पछाडि लाग्दैनन। उनीहरु कुनै पनि समस्याहरूको समाधान गर्न हिंसा र घृणाको भाव प्रयोग गर्दैनन।’

तर भुतपूर्व भारतीय एसोसिएसनका अध्यक्ष मोहन चुगानीले भने सरकार प्रमुख क्यारी लाम र प्रहरी प्रमुख स्टेफनलोको मस्जिद भ्रमण बखत मागेको माफीलाई अस्विकार गरेको बताए।

पानीको फोहरा खाएका चुगानीले रेडियो मार्फत भने,‘ममाथि अनाहकमा निलो पानीको फोहोरा प्रहार गरियो, फोहराले लागेपछी मेरो शरीर जलिरहेको जस्तो अनुभव भयो, मैले लामलाई ब्यक्तिगत रुपमा क्षमायाचना अस्विकार गरिदिएको छु, मैले लामलाई भनेको छु प्रहरीले पूर्ण रुपमा रातो रेखा पार गरेका छ्न, प्रहरीले प्रदर्शनकारी र सामान्य नागरिक छुट्याउन सक्ने क्षमतावान हुनुपर्छ, उनीहरुले जानाजान पानीको फोहरा प्रहार गरेका हुन्, अब मेरो प्रहरीप्रतिको बिश्वास पूर्ण रुपमा गुमेको छ।’

गत आईतबार आन्दोलनकारी र प्रहरीबीचको हिंसात्मक झपडमा आन्दोलनकारीहरुले सयौं पेट्रोल बम, ईटा, बाँस तथा फलामको लठ्ठीले प्रहरीमाथि आक्रमण गरेका थिए। प्रहरीले जवाफमा अश्रु ग्यास, १३० रबर गोली, २० बीन ब्याग राउन्ड र स्पन्ज बुलेट प्रहार गरेका थिए।

झपड चार प्रहरी अधिकारीहरु घाइते भएका थिए। कति आन्दोलनकारी घाईते भए भन्ने केही खुलाईएको छैन।

गत अक्टोबर ४ मा सरकारले आन्दोलनका क्रममा मास्क लगाउन नपाईने कानुन लागू गरेपछि त्यसको विरुद्ध गत आईतबार नागरिक मानवाधिकार मोर्चाको संयोजकत्व बिशाल बिरोध प्रदर्शन भएको थियो।

प्रहरीले निषेध गरे पनि त्यसको अवज्ञा गर्दै प्रदर्शनकारीहरुको ठूलो जुलुस चिम शा चुईदेखि वेस्ट काउलुनको अस्टिन स्टेसन, जोर्डन , यौ मा तेइ, मङकोक, प्रीन्स एडवार्ड, साम सुइ पोसम्म फैलिएको थियो।

प्रदर्शनकारीहरुले सडक अबरुद्ध पार्दै प्रहरी स्टेसनहरुमा आक्रामण गरेका थिए। रेल स्टेसन, पसलहरु तोडफोड र आगजनी गरेका थिए।

गत अक्टोबर १ को प्रदर्शनमा उक्त क्षेत्रबाट विश्वबिद्यालयमा अध्यायनरत दुई नेपाली युवतीहरु पक्राउ परेका थिए, उनीहरु रिहा भइसकेका छन्।

हङकङ आन्दोलन २० औं हप्तामा प्रबेश गरेको छ भने आन्दोलन रोकिने कुनै सङ्केत देखिएको छैन।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .