हङकङका पत्रकार किसन राई नेपालमा भिरबाट खसेर गम्भीर घाइते

हङकङका पत्रकार किसन राई नेपालमा भिरबाट खसेर गम्भीर घाइते

नेपालखबर
कात्तिक ८, २०७८ सोमबार ९:३८, काठमाडौँ

हङकङमा रहेर पत्रकारिता गरिरहेका किसन राई आइतबार नेपालमा भिरबाट खसेर गम्भीर घाइते भएका छन्।  

आइतबार राति ओखलढुङ्गाबाट भोजपुर जाने बाटोमा गाडी रोकेर पिशाव फेर्ने क्रममा राई भिरबाट खसेको परिवारका सदस्यले जनाएका छन्। गम्भीर अवस्थामा उनलाई आइतबार राती १२ बजे खोटाङ अस्पतालमा लगिएको र  उपचार भइरहेको परिवारका सदस्यले जनाएका छन्।

‘निकै गम्भीर अवस्थामा अहिले अस्पतालमा उपचार भइरहेको छ’, हङकङबाट राईको परिवारका एक सदस्यले भने, ‘आमा, श्रीमती र जेठो छोरालाई नेपाल पठाउने तयारी भइरहेको छ।’ 

यात्राका लागि पीसीआर परिक्षण गर्नु पर्ने र हङकङ–काठमाडौं हवाई जहाजको टिकट पाउन पनि कठिन भएकाले राईको परिवारका सदस्यलाई नेपाल जान अप्ठेरो भइरहेको बुझिएको छ।   

नेपालमा घुमफिर गर्ने क्रममा राई पछिल्लो समय पुर्ख्यौली जिल्ला ओखलढुङ्गाबाट भोजपुर जाँदै थिए। परिवारका सदस्यहरूका अनुसार हालै मात्र नेपाल सरकारबाट पदक पाएका राई त्यही ग्रहण गर्ने क्रममा नेपाल गएका थिए। त्यसलगत्तै उनी साथीहरूसँग मुस्ताङ लगायतका हिमाली जिल्ला घुम्न निस्केका थिए। 

नेपाल धरानका राई लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका छन्। हङकङबाट राईले करिब दुई दशकदेखि नेपाली भाषाको एभरेष्ट पत्रिका प्रकाशित गर्दै आएका छन्।  

हङकङस्थित नेपाल पत्रकार महासंघको अध्यक्ष रहेका राई यहाँ करिब एक दर्जन संघसंस्थामा आवद्ध रहेका छन्। 

एनआरएनए हङकङको महासचिव रहिसकेका राई नेपाल जनजाति महासंघ हङकङको पनि अध्यक्ष हुन्। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .