हङकङका पत्रकार किसन राईको भिरबाट खसेर मृत्यु, राती २ बजे दिक्तेल ल्याइयो शव

हङकङका पत्रकार किसन राईको भिरबाट खसेर मृत्यु, राती २ बजे दिक्तेल ल्याइयो शव

नेपालखबर
कात्तिक ८, २०७८ सोमबार १३:५१, काठमाडौँ

हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको भीरबाट खसेर  मृत्यु भएको छ। 

काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा आइतबार (७ कात्तिक) साँझ भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। 

यसअघि परिवारका सदस्यले गम्भीर घाइते उनको अस्पतालमा उपचार भइरहेको जनाएका थिए। 

‘गाडी रोकेर दिसापिसाव गर्न भन्दै पाखामा जानेक्रममा भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको देखिएको छ’, जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरिक्षक सागर शाहले भने। 

हङकङमा बसेर लामो समयदेखि पत्रकारितामा सक्रिय राईको परिवार ओखलढुंगाको मोलुङ गाउँपालिका–२ टेकनपुरबाट धरान नगरपालिका–१५ बसाइ सरेको थियो। 

नेपाल पत्रकार संघ हङकङको अध्यक्ष राईले दुई दशकदेखि हङकङबाट एभरेष्ट साप्ताहिक प्रकाशन गर्दै आएका थिए। 

पत्रकार राईको लडेर मृत्यु भएको विषयमा प्रहरीचौकी दोर्पाचिउरीडाँडालाई बेलुका ७ बजे खबर पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक शाहको नेतृत्वमा खटिएका प्रहरीले राती २ बजे राईको शव खोटाङ जिल्ला अस्पताल दिक्तेल पुर्याएको थियो। 

राईलाई मृत अवस्थामा ल्याइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिकले पुष्टि गरेका छन्। 

हङकङबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव जिम्मा दिने तयारी गरिएको प्रहरी निरिक्षक शाहले बताए। हङकङबाट राईकी आमा, श्रीमति र जेठो छोरा नेपाल जाने तयारमिा रहेका छन्। 

पत्रकार राईसँगै यात्रामा शसस्त्र प्रहरीका पूर्व एसपी प्रेम श्रेष्ठ पनि थिए। उनीहरु घुमफिरका क्रममा भोजपुरतर्फ हिँडेको बताइएको छ। 

एनआरएनए हङकङको महासचिव र उपाध्यक्ष रहिसकेका राई आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष थिए। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .