ब्रिटिश एयरवेजले रद्द गर्‍यो हङकङ उडान

ब्रिटिश एयरवेजले रद्द गर्‍यो हङकङ उडान

नेपालखबर
मंसिर १३, २०७८ सोमबार ९:२६, काठमाडौँ

ब्रिटिस एयरवेजले आफ्नो विमानको चालकदलका  सदस्यहरुलाई क्वारेन्टिनमा  राखिएको समाचार आएसँगै हङकङ उडान रद्द गरेको छ। यसअघि हङकङले कोरोना संक्रमितको क्लोज कन्ट्याक्टमा रहेका ब्रिटिश एयरवेजका कर्मचारीलाई सरकारी केन्द्रमा क्वारेन्टिनमा राखेको थियो ।

बीबीसीका अनुसार ब्रिटिश एयरवेजले अस्थायीरुपमा हङकङ उडानमा रोक लगाइएको बताएको छ। उसले हङकङको सेवा वैकल्पिक मार्गबाट कसरी प्रदान गर्न सकिन्छ भन्नेबारे पनि छलफल भइरहेको बताएको छ।

एयरवेजका एक कर्मचारीलाई कोरोना संक्रमण देखिएसँगै हङकङले बाँकी कर्मचारीलाई पनि क्वारेन्टिनमा राखेको हो। ब्रिटिश एयरवेजले अहिले हङकङमा आइसोलेसनमा बसिरहेका कर्मचारीको समर्थनमा रहेको बताएको छ। एयरवेजले आफूहरुले प्रत्येक देशको स्थानीय नियम पालना गरेर अघि बढ्ने बताएको छ। 

हङकङको क्वारेन्टिनको नियमको कारण क्याथे प्यासिफिकले पनि आगामी डिसेम्बरमा कर्मचारी अभावको कारण सेवा सञ्चालन गर्न नसक्ने बताएको थियो। हङकङ कोरोना संक्रमण शून्यमा राख्ने नीतिमा अघि बढिरहेको छ। पछिल्लो समय कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण  देखिएसँगै सतर्कता थप बढाइएको छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .