कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै हङकङको सीमामा थप कडाइ

कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै हङकङको सीमामा थप कडाइ

नेपालखबर
मंसिर ११, २०७८ शनिबार १०:४०, काठमाडौँ

कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखिएसँगै हङकङले आफ्नो अन्तर्राष्ट्रिय सीमामा थप कडाइ गरेको छ।

दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको यो भेरियन्टको संक्रमण फैलिरहेका मलुकबाट आउने नागरिकमाथि कडाइ गरेको हो। शुक्रबार हङकङले अफ्रिकी मुलुकहरुबाट आउने मानिसमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। 

नयाँ नियमसँगै अब हङकङका बासिन्दाबाहेक बोत्स्वाना, एस्वाटिनी, लेसोथो, मोजाम्बिक, मालावी, नामिबिया र जिम्बाबेबाट आउने मानिसमाथि प्रतिबन्ध लगाइएको छ।

यद्यपि यी मुलुकबाट पूरा डोज कोरोना खोप लगाएका मानिस भने हङकङ आउन पाउँछन् तर उनीहरुले तीन साता क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ। यसअघि मध्यमस्तरको जोखिम रहेको सूचीमा राखिएका दक्षिण अफ्रिकासहितका २४ मुलुकलाई हङकङको लागि सबैभन्दा ठूलो जोखिम भएको मुलुकको सूचीमा राखिएको छ। 

सबैभन्दा धेरै जोखिम भएको मुलुकबाट आउने मानिसले हङकङमा २१ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम छ। हङकङ सरकार प्रवक्ताले नयाँ भेरियन्टको संक्रमणबारे कनै वैज्ञानिक आधार नभेटिए पनि बेलैमा सचेत हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन्। 

दक्षिण अफ्रिकामा भेटिएको ओमिक्रोन भेरियन्टलाई सबैभन्दा धेरै उत्परिवर्तित भएको कोरोना भाइरस मानिएको छ। हङकङमा पनि दुईजना मानिसमा यो भेरियन्टसहितको संक्रमण देखिएको थियो । यद्यपि उनीहरु दुवैजना होटल क्वारेन्टिनमा थिए। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .