प्रतिबन्धित सभा गरेको आरोपमा हङकङका मिडिया सञ्चालक दोषी ठहर

प्रतिबन्धित सभा गरेको आरोपमा हङकङका मिडिया सञ्चालक दोषी ठहर

नेपालखबर
मंसिर २३, २०७८ बिहिबार ११:१०, काठमाडौँ

हङकङका चर्चित मिडिया सञ्चालक जिम्मी लाईसहित अन्य दुई नेता प्रतिबन्ध उल्लंघन गर्दै टियानमेन सभा आयोजना गरेको आरोपमा दोषी ठहर भएका छन्। जिम्मी लाई, पूर्व पत्रकार ग्वेनेथ हो र अर्का नेता चोव हाङ टुङ अवैध सभा गरेको आरोपमा दोषी ठहर भएका हुन्। गत वर्षको जुनमा उनीहरुसहित हजारौं मानिसले उक्त सभामा भाग लिएका थिए।

सन् १९८९ मा टियानमेन स्क्वायरमा चीनले गरेको दमनको वर्षगाँठको अवसरमा यो सभा आयोजना गरिएको थियो। वर्षेनी हुँदै आएको सभामा गत वर्ष भने प्रतिबन्ध लगाइएको थियो। 

यो सभामा सहभागी भएको आरोपमा २४ भन्दा धेरै नेतालाई मुद्दा चलाइएको थियो। उनीहरुले टियानमेन दमनको वर्षगाँठको अवसरमा व्यक्तिगत रुपमा दीप प्रज्वलन मात्र गरेको र आफूहरुले अरु कसैलाई यसमा सामेल हुन आग्रह नगरेको उल्लेख गरेका थिए।

यद्यपि जिल्ला अदालतकी न्यायाधीश अमान्डा वूडककले यो तर्कमा कुनै तूक नभएको भन्दै उनीहरुले स्पष्टरुपमा प्रहरीविरुद्ध प्रदर्शन गरेको देखिएको बताएकी थिइन्। उनीहरुलाई डिसेम्बर १३ मा सजाय तोकिनेछ। यो मुद्दामा बढीमा पाँच वर्षसम्म जेल सजाय हुन सक्ने व्यवस्था छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .