‘हङकङको कोरोना संक्रमण शून्यमा राख्ने नीति लामो समय टिक्दैन’

‘हङकङको कोरोना संक्रमण शून्यमा राख्ने नीति लामो समय टिक्दैन’

नेपालखबर
मंसिर २२, २०७८ बुधबार १३:५३, काठमाडौँ

हङकङले कोरोना संक्रमण शून्यमा राख्नको लागि लिएको ‘जेरो कोभिड’को नीति लामो समयसम्म नटिक्ने त्यहाँका वरिष्ठ महामारीविद्ले बताएका छन्। साउथ चाइना मर्निङ पोस्टसँगको अन्तर्वार्तामा हङकङका प्राध्यापक केइजी फुकुडाले यस्तो जानकारी दिएका हुन्।

भ्रमणमा प्रतिबन्ध लगाउने, क्वारेन्टिनमा राख्ने र नियन्त्रणका अन्य कदम चाल्ने रणनीति अल्पकालीन रणनीति भएको उल्लेख गरे।

कोरोनासँगै बाँच्ने रणनीति नै अहिलेको अवस्थामा उपयुक्त हुने फुकुडाको भनाइ छ। ‘हामीले लामो समयसम्म सीमा बन्द गर्न र भ्रमणमा प्रतिबन्ध लगाउन सक्दैनौं’, उनले भने। हङकङले लगाएको प्रतिबन्धको नियमको कारण अहिले धेरै मानिसहरु बेखुसी रहेको र व्यवसायहरुले विभिन्न चुनौतीको सामना गर्नुपरेको उनको भनाइ छ। 

हङकङले मेनल्याण्ड चीनसँगको सीमा खोल्न चीनमा जस्तै कोरोना संक्रमण शून्यमा राख्ने रणनीति लिँदै आएको छ। यद्यपि फुकुडाले भने यस किसिमको नीतिले चीन र हङकङ दुवैले परिवर्तन गर्नुपर्ने बताएका छन्। अमेरिकी नागरिक ६६ वर्षीय फुकुडा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का पूर्व अधिकारी हुन्।

उनी डिसेम्बर १ सम्म हङकङ सरकारको सल्लाहकार पनि थिए। यद्यपि आफ्नो सल्लाह सधैं प्रशासनको निर्णयभन्दा विपरीत हुने गरेको फुकुडा बताउँछन्। 

हङकङले कोरोना नियन्त्रणको लागि निकै राम्रो काम गरे पनि क्वारेन्टिनको अवधि पनि निकै लामो भएको उनको भनाइ छ। हङकङले उच्च जोखिम रहेका ५० मुलुकबाट आउने नागरिकलाई २१ दिन क्वारेन्टिनमा राख्दै आएको छ। 

सन् २०१६ मा हङकङक युनिभर्सिटीको पब्लिक हेल्थ स्कुलको निर्देशक बनेका फुकुडाको पाँच वर्षको सम्झौता गत अगष्टमा सकिएको थियो। युनिभर्सिटीले उनीसँगको सम्झौता नवीकरण गर्न नमानेपछि उनी अहिले अमेरिका फर्किने तयारीमा छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .