हङकङ अझै खोप पासपोर्ट सुरु गर्ने चरणमा पुगेको छैनः क्यारी लाम

हङकङ अझै खोप पासपोर्ट सुरु गर्ने चरणमा पुगेको छैनः क्यारी लाम

नेपालखबर
मंसिर २१, २०७८ मंगलबार ११:५५, काठमाडौँ

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले हङकङ कोरोना खोप पासपोर्ट सुरु गर्ने चरणमा नपुगेको बताएकी छन्। उनले हङकङले आगामी दिनमा कोरोना खोप नलगाएका मानिसलाई धेरै क्षेत्रमा प्रतिबन्ध लगाइने बताएकी छिन्। यद्यपि अहिले धेरैभन्दा धेरैलाई कोरोना खोप लगाउनु जरुरी रहेको लामको भनाइ छ। 

लामले अहिले मेनल्याण्ड चीन कुन समूहका मानिसलाई ध्यानमा राखेर खोल्ने भन्ने विषयमा पनि छलफल भइरहेको बताएकी छिन्। उनले मेनल्याण्ड चीनसँगको सीमा खोल्दा व्यावसायिक समुदायलाई प्राथमिकता दिइने बताएकी छिन्। 

हङकङको मेनल्याण्ड चीनसँगको क्वारेन्टिनरहित भ्रमण सुरु हुने निश्चितजस्तै भइसकेको छ। यद्यपि अहिलेसम्म मिति भने तय भएको छैन। लामका अनुसार अहिलेसम्म हङकङमा ७१ प्रतिशत योग्य मानिसले कम्तीमा एक डोज कोरोना खोप लगाएका छन्।

पछिल्लो समय ओमिक्रोन भरियन्टको संक्रमण बढेसँगै त्यसले खोप अभियानलाई थप तीव्रता दिनु जरुरी रहेको देखाएको छ। 

पछिल्लो २१ सातादेखि हङकङको तीन क्षेत्रबाहेक सबै स्थानको सीमा बन्द छ। हङकङ–झुहाई–मकाउ ब्रिज र सेन्जेन बे कन्ट्रोल प्वइन्टसँगको सीमा भने खुला छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .