हङकङकी नेतृ लामलाई आयो ब्लेडसहितको धम्कीपूर्ण चिठी

हङकङकी नेतृ लामलाई आयो ब्लेडसहितको धम्कीपूर्ण चिठी

नेपालखबर
मंसिर २८, २०७८ मंगलबार १७:२९, काठमाडौँ

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले एक धम्कीपूर्ण चिठी प्राप्त गरेकी छन्। चिठीमा रेजर ब्लेड पनि भेटिएको सरकारले जनाएको छ।

सोमबार सरकारी मुख्यालयमा लामको चिठीपत्रको नियमित जाँचका क्रममा सो ब्लेड फेला परेको हो।

सरकारले सो कार्यको निन्दा गरेको छ। यस्ता गतिविधिलाई नसहने र दोषीलाई कारबाही गरिछाड्ने पनि सरकाले जनाएको छ।

एसियाको वित्तीय केन्द्रका रुपमा प्रख्यात हङकङमा २०१९ मा सरकारविरोधी प्रदर्शन हिंसात्मक बनेपछि सरकारले २०२० देखि नयाँ सुरक्षा कानुन लागू गरेको छ। जसले हिंसाका घटनामा कमी आएको सरकारको दाबी छ।

गत जुलाईमा प्रहरीले बम विस्फोटको योजना बनाएको आरोपमा प्रहरीले मानिसहरुको एउटा समूहलाई नै पक्रेको थियो। 

तीमध्ये धेरैलाई सुरक्षा कानुनअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ। एजेन्सी 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .