हङकङमाथि चीनबारे दोहोरो मापदण्ड अपनाएको आरोप

हङकङमाथि चीनबारे दोहोरो मापदण्ड अपनाएको आरोप

नेपालखबर
मंसिर २९, २०७८ बुधबार १०:४१, काठमाडौँ

हङकङ कोभिड–१९ को संक्रमण शून्यमा झार्ने रणनीतिअनुसार अघि बढिरहेको छ। यस्तोमा पछिल्लो समय विश्वभर फैलिरहेको ओमिक्रोन भेरियन्टसहितको संक्रमित फेला परेका मुलुकलाई उसले अत्यधिक जोखिम भएको मुलुकको सूचीमा राख्दै आएको छ। यद्यपि चीनको मामिलामा भने यो नियम लागू भएको छैन।

हालै मात्र चीनमा ओमिक्रोन भेरियन्टका दुई संक्रमित भेटिएसँगै हङकङका नागरिकहरुले मेनल्याण्ड चीनको मामिलामा हङकङको दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङमा कोरोना संक्रमण शून्यमा झार्ने रणनीति आगामी दिनमा पनि कायम रहनेछ तर चीनको लागि भने छुट्टै नियम लागू हुने सम्भावना छ।

हङकङमा अहिले अमेरिकाबाट आउने मानिसले २१ दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था छ। गत साता हङकङले ओमिक्रोन भेरियन्टसहितको संक्रमण देखिएको भन्दै अमेरिकाबाट आउने मानिसले २१ दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको थियो। 

चीनमा सोमबार ओमिक्रोनका पहिलो संक्रमित फेला परेका थिए। मंगलबार थप एक जना मानिसमा यो भेरियन्टसहितको संक्रमण पुष्टि भएको छ। हङकङले अहिलेसम्म मेनल्याण्ड चीनमाथि भने सीमामा कडाइको कुनै नियम घोषणा गरेको छैन। हङकङले चीनबाट आउने पूरा डोज खोप लगाएका मानिसलाई केवल ७ दिन आफ्नै घरमा क्वोन्टिनमा बस्नुपर्ने नियम लगाएको छ।

सामाजिक सञ्जालमा हङकङले दोहोरो मापदण्डको विषयमा मानिसहरुले आक्रोश व्यक्त गरेका छन्। एक अनलाइन प्रयोगकर्ताले हङकङको अहिलेको अवस्था पक्षपाती रहेको बताएका छन्। 

मंगलबार हङकङको खाद्य तथा स्वास्थ्य ब्यूरोले भने हङकङ सरकारको बचाउ गर्दै चीनमा भेटिएको पहिलो ओमिक्रोनको संक्रमित आयातित भएको बताएको छ। यो संक्रमण अझै समुदायमा नफैलिएकाले यसबारे डराउनुपर्ने अवस्था नरहेको अन्य शीर्ष अधिकारीहरुले बताएका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .