हङकङ क्षेत्री समाजको दोस्रो अधिवेशनले केशवबहादुर कार्कीको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
सोमबार जोर्डनस्थित चुम लुङ हिम भवनमा सम्पन्न अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः केशवबहादुर कार्की, विवेक थापा, राम केसी, मीरा कार्की, विनोद खराल र राजु खड्कालाई चयन गरेको हो।
यस्तै सदस्यहरूमा ज्ञानेन्द्र थापा, रजनी खड्का, रविन लामिछाने, गणेशबहादुर खड्का, थम्मन जीसी, सीतादेवी क्षेत्री, गीता बुढाथोकी र गुमानसिंह भण्डारी छन्।
वरिष्ठ उपाध्यक्षसहित अन्य सदस्य नवनिर्वाचित कार्यसमितिको प्रथम बैठकले मनोनय गर्ने जानकारी दिइएको छ। वरिष्ठन उपाध्यक्षका लागि मञ्जु थापाको नाम प्रस्ताव गरिएको छ। कार्यसमितिको पदावधि २ वर्षको हुनेछ।
हङकङ क्षेत्री समाज सन् २०१६ मा स्थापना भएको हो। हङकङमा क्षेत्रीको संख्या अन्य समुदायको भन्दा कम छ।
प्रतिक्रिया