हङकङमा ६ जना मिडियाकर्मी पक्राउ

हङकङमा ६ जना मिडियाकर्मी पक्राउ

नेपालखबर
पुस १४, २०७८ बुधबार ७:४८, काठमाडौँ

हङकङमा स्वतन्त्रता पक्षधर अनलाइन मिडिया स्ट्यान्ड न्युजसँग जोडिएका ६ जना पक्राउ परेका छन्।

हङकङको राष्ट्रिय सुरक्षा प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो। प्रहरीले सञ्चारमाध्यमको कार्यालयमा छापा मार्दै अहिलेका र पूर्व सम्पादकहरूलाई पक्राउ गरेको हो।

साथै विभिन्न उपकरण पनि बरामद गरिएको छ। 

प्रहरीका अनुसार उनीहरुलाई देशद्रोही सामग्री प्रकाशन गरेर वितरण गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो।

बुधबार बिहान स्थानीय समयअनुसार ८ बजे २ सयभन्दा धेरै प्रहरीले स्ट्यान्ड न्युजको कार्यालयमा छापा मारेका थिए। हङकङ पत्रकार संघका अध्यक्ष तथा स्ट्यान्ड न्युजका सहायक सम्पादकलाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। 

गत जुनमा स्ट्यान्ड न्युज राष्ट्रिय सुरक्षा कानुनबाट बच्ने उपायहरु प्रचार गर्ने हङकङको पहिलो मिडिया बनेको थियो। यसअघि हङकङको स्वतन्त्रताको पक्षधर एप्पल दैनिक पत्रिकालाई बन्द गराइएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .