सोमबार गोली लागेर एक प्रदर्शनकारी घाइते भए लगत्तै हङकङमा एक व्यक्तिलाई ज्युँदै जलाउने प्रयास भएको छ।
एससीएमपीका अनुसार सोमबार मध्यान्न १२ बजेर ५३ मिनेट जाँदा ओ चुन स्ट्रिटस्थित मा ओन सान भन्ने स्थानमा एक व्यक्तिमाथि आगजनी भएको हो।
सार्वजनिक भिडियोमा देखिए अनुसार एक हरियो टिसर्टधारी व्यक्तिले केही व्यक्तिहरुलाई ‘तिमीहरु चिनियाँ होइनौं’ भनेपछि भीडले उनलाई ‘हामी हङकङ बार्सी हौं’ भन्ने जवाफ फर्काएका थिए।
त्यस लगत्तै उनलाई प्रदर्शनकारीले अपशब्द प्रयोग गर्दै तरल पदार्थ फ्याँक्दै आगो लगाएका थिए।
हरियो टिसर्टधारी व्यक्ति मुख्य क्षेत्र चीनको समर्थक र त्यहाँ उपस्थित मानिसहरु हङकङ प्रदर्शनको पक्षमा भएको अनुमान गरिएको छ।
आगजनीपछि ती व्यक्तिको २८ प्रतिशत शरीर जलेको जनाइएको छ।
(भिडियो)
Footage shows a man being torched in a dispute at a footbridge in Ma On Shan. He was taken to Prince of Wales Hospital in Sha Tin for medical treatment pic.twitter.com/wofnDcyrFh
— SCMP Hong Kong (@SCMPHongKong) November 11, 2019के हो घटना?
यो आगजनीको घटना सोमबार करिब अपरान्ह १ बजे तिर मा ओन सान भएको हो।
भिडियोमा देखिए अनुसार एक आकासे फुटब्रीजमा हरियो टिसर्ट लगाएका एक आधबँैसे पुरुष वादविवादमा फस्छन्। उनको शिरमा चोट लागेको देखिएको छ।
चोटग्रस्त उनले छेउका युवाहरुलाई इशारा गर्दै तिमीहरु चिनियाँ होइनौं भन्दै वादविवाद गर्छन्।
प्रतिउत्तरमा उनीहरुले ‘हामी हङकङ बासी हौं भन्छन्। भीडले ती व्यक्तिलाई ग्रेटर बे क्षेत्रमा फर्केर जाउ भन्दै कसैलाई शब्दबाणले प्रहार नगर्नु भन्दै घृणित इशारा गर्छन्।
भनाभनमा दुबै पक्षले अश्लिल शब्द प्रयोग गरेका छन्। त्यस लगत्तै भीडमा कसैले उनको शरीरमा तरल पदार्थ खन्याएर आगो लगाई दिन्छन्। आगोले शरीर पोलेपछि उनी पिडाले भागेको देखिएको छ।
उक्त तरल पदार्थ पेट्रोल हुन सक्ने आशङ्का गरिएको छ। जलाउने व्यक्ति आन्दोलनकारी र र जल्ने व्यक्ति बेजिङ समर्थक भएको अनुमान गरिएको छ।
एक प्रहरी स्रोतका अनुसार घाइतेलाई उपचारका लागि शातिन स्थित प्रिन्स वेल्स अस्पताल लगिएको छ। घाईतेको शरीरको माथिल्लो भाग छाती सहित २८ प्रतिशत जलेको बताइएको छ।
सोमबार बिहानको झपडमा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएपछि हङकङ सङ्कट यतिबेला थप चुलिएको छ।
प्रतिक्रिया