मंगलबार हङकङमा थप १२ जना नयाँ संक्रमित फेला परेका छन्। साथै संक्रमणको स्रोत नखुलेका संक्रमितको संख्या पनि उच्च विन्दुमा पुगेको छ।
गत डिसेम्बरको अन्तिमबाट हङकङमा कोरोना संक्रमणको पाँचौं लहर फैलिएको थियो। त्यसयता पहिलोपटक सबैभन्दा धेरै स्रोत पत्ता नलागेका संक्रमितहरु फेला परेका हुन्।
यसअघि हङकङका सार्वजनिक अस्पतालका प्रमुखले लुनार नयाँ वर्षमा हङकङमा कोरोना संक्रमणको सुनामी आउन सक्ने चेतावनी दिएका थिए।
सरकारले कन्ट्याक्ट ट्रेसिङको लागि १० हजार मानिसहरुलाई खटाइएको बताएको छ।
पछिल्लो केही दिनमा हङकङमा कोरोनाका नयाँ संक्रमितको संख्या दुई अंकमा झरेको भए पनि मंगलबार भने यो संख्या पुनः तीन अंकमा देखिएको हो।
मंगलबार भेटिएका १२९ मध्ये १०२ स्थानीय संक्रमित छन् भने बाँकी बाहिरबाट आएका मानिसहरु छन्। स्थानीयमध्ये २२ जनामा संक्रमणको स्रोत पत्ता लागेको छैन।
हङकङको सेन्टर फर हेल्थ प्रोटेक्सनकी प्रमुख चुआङ शुक क्वानले पछिल्लो समय देखिएको स्रोत नखुलेका संक्रमितको कारण हङकङमा अझै पाँचौं लहर नियन्त्रणमा नआएका देखिएको बताइन्।
यद्यपि स्रोत नखुलेका संक्रमितहरुको पनि स्रोत पत्ता लगाउने प्रयास भइरहेको उनको भनाइ छ।
Shares
प्रतिक्रिया