हङकङमा फ्रन्टलाइनमा खटिने प्रहरीले दैनिक कोरोना परीक्षण गराउनुपर्ने

हङकङमा फ्रन्टलाइनमा खटिने प्रहरीले दैनिक कोरोना परीक्षण गराउनुपर्ने

नेपालखबर
फागुन ७, २०७८ शनिबार ११:०, काठमाडौँ

हङकङमा अब फ्रन्ट लाइनमा खटिने प्रहरीले दैनिकरुपमा कोभिड–१९ को परीक्षण गराउनुपर्ने भएको छ।

हङकङमा कोरोनाको पाँचौं लहर फैलिएसँगै त्यहाँको सरकारले संक्रमण नियन्त्रणको लागि नयाँ योजना ल्याएको हो।

यससँगै अब हङकङका हजारौं प्रहरीले दैनिकरुपमा कोरोना परीक्षण गराउनुपर्ने भएको हो। 

शुक्रबार रातिबाट कार्यान्वयनमा आएको नियमअनुसार कोरोना परीक्षणमा नेगेटिभ नतिजा आएका  सुरक्षाकर्मी मात्र काममा कायम रहन सक्छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यस किसिमको कार्यले आगामी दिनमा समुदयस्तरमा कोरोना संक्रमण फैलिन सक्ने रोक्ने विश्वास लिइएको छ। 

हङकङमा कोरोनाको पाँचौं लहर फैलिएयता दर्जनौं प्रहरी संक्रमित भइसकेका छन्। शुक्रबार हङकङमा कोरोनाका ३ हजार ६२९ नयाँ संक्रमित फेला परेका थिए।

प्रहरीहरुलाई दैनिक कोरोना परीक्षणको लागि हजारौं एन्टिजिन किट्सहरु प्रहरी स्टेसनमा पठाइएको छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .