हङकङमा कोरोना नियन्त्रणको लागि प्रहरी परिचालन गरिँदै

हङकङमा कोरोना नियन्त्रणको लागि प्रहरी परिचालन गरिँदै

नेपालखबर
फागुन ९, २०७८ सोमबार ९:४७, काठमाडौँ

हङकङ सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि प्रहरी परिचालन गर्ने भएको छ।

हङकङले नयाँ महामारी नियन्त्रण टास्क फोर्स बनाएर प्रहरी परिचालन गर्न लागेको हो।

साउथ चाइना मर्निङ पोस्टका अनुसार सबै मानिसको कोरोना परीक्षणको तयारीको लागि यस्तो योजना ल्याइएको हो। 

स्रोतका अनुसार पूर्व प्रहरी प्रमुख र अहिलेका कमाण्डर पनि यो कार्यक्रममा सामेल हुनेछन्। नयाँ टास्क फोर्सको काम सोमबारदेखि सुरु हुनेछ।

हङकङमा पाँचौं लहरको कोरोना संक्रमण फैलिएसँगै सरकारले एक हजारभन्दा धेरै अवकाशप्राप्त प्रहरीलाई पनि आइसोलेसन कर्मचारीको रुपमा खटाएको थियो। 

हङकङले कोरोना संक्रमण नियन्त्रणको लागि आक्रामक कदम चाले पनि आइसोलेसन सेन्टरको भने अभाव देखिएको छ।

समाचारमा उल्लेख गरिएअनुसार अहिले पनि करिब ३० हजार मानिसहरु आइसोलेसन सेन्टरको प्रतीक्षामा छन्।

हङकङको नियमअनुसार कोरोनाको संक्रमण पुष्टि भएको मानिसमा कुनै लक्षण नदेखिए पनि उनीहरु आफ्नै घरमा आइसोलेसनमा बस्न मिल्दैन। 

हङकङ प्रमुख क्यारी लामले आइसोलेसन सेन्टरको रुपमा प्रयोग गर्न मिल्ने २० हजार एकाइ पहिचान गरिएको र थप ९ हजार एकाइ बनिरहेको बताएकी छिन्।

यद्यपि सबै मानिसको कोरोना परीक्षण गर्दा यी आइसोलेसन सेन्टरले धान्ने सम्भावना निकै कम रहेको विशेषज्ञहरुको भनाइ छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .