हङकङमा ६ सातामा अभिभावकसँग छुट्टिए १० वर्षमुनिका २ हजार बालबालिका

हङकङमा ६ सातामा अभिभावकसँग छुट्टिए १० वर्षमुनिका २ हजार बालबालिका

नेपालखबर
चैत १५, २०७८ मंगलबार १४:२१, काठमाडौँ

हङकङमा पछिल्लो ६ सातामा दुई हजारसम्म १० वर्षमुनिका बालबालिका आफ्ना अभिभावकसँग छुट्टिएको एक अध्ययनले देखाएको छ।

कोभिड–१९ संक्रमणको कारण अभिभावकहरु अस्पतालमा भर्ना भएसँगै बालबालिकाहरु छुट्टिएका हुन्। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार यो तथ्यांकलाई अहिलेसम्म हङकङको हस्पिटल अथोरिटीले भने पुष्टि गरेको छैन।

यसैबीच हङकङका सांसद, स्वास्थ्यकर्मी र कानुनी विशेषज्ञहरूले भने सरकारसँग संक्रमित बालबालिकालाई उनीहरुको अभिभावकबाट नछुटाउन आग्रह गरेका छन्। 

उनीहरुले कोरोना संक्रमितको परिवारका लागि स्पष्ट मापदण्ड अपनाउन पनि आग्रह गरेका छन्। यसले गर्दा संक्रमितको परिवारलाई केही राहत पुग्न सक्ने उनीहरुको भनाइ छ।

हङकङको मानसिक स्वास्थ्यबारे काम गर्दै आएको च्यारिटी संस्था माइन्ड हङकङकी डाक्टर लकी लर्डका अनुसार अभिभावकबाट छुट्याउँदा बालबालिकाहरूमा दीर्घकालीनरूपमा नकारात्मक असर पर्न सक्छ।

बालबालिकाहरूलाई अभिभावकसहित बस्न अनुमति नदिने अस्पतालको नियम दुर्व्यवहार रहेको उनको भनाइ छ। पछिल्लो ६ सातामा अभिभावकबाट छुट्टिएका करिब २ हजार बालबालिकामध्ये ९० प्रतिशत स्थानीय परिवारका बालबालिका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .