हङकङबाट क्यानडा जाने आप्रवासीको संख्या २४ वर्षयताकै उच्च

हङकङबाट क्यानडा जाने आप्रवासीको संख्या २४ वर्षयताकै उच्च

नेपालखबर
चैत १६, २०७८ बुधबार १४:१९, काठमाडौँ

हङकङबाट क्यानडा जाने आप्रवासीको संख्या सन् १९९८ यताकै उच्च विन्दुमा पुगेको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार पछिल्लो तथ्यांकले हङकङ चीनलाई सुम्पिएपछि क्यानडा जाने हङकङका नागरिकको संख्या सबैभन्दा उच्च विन्दुमा पुगेको हो। 

क्यानडाले सन् २०१९ मा हङकङमा भएको सरकारविरोधी आन्दोलनमा गरिएको दमन र २०२० को नयाँ राष्ट्रिय सुरक्षा कानुनको विरोधमा हङकङका नागरिकलाई बसोवासको अनुमति दिने योजना अघि सारेको थियो। यससँगै हङकङबाट क्यानडा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको हो। 

क्यानडाको आप्रवासन तथा नागरिकता नियामक (आईआरसीसी)ले सन् २०२१ मा ३ हजार ४४४ जना हङकङका नागरिकलाई स्थायी बसोवासको अनुमति प्रदान गरिएको बताएको छ।

यो संख्या महामारीभन्दा अघिको तुलनामा दोब्बरभन्दा धेरै हो। सन् २०१० को तुलनामा भने यो संख्या १५ गुणा धेरै हो। यद्यपि यो संख्यामा अध्ययन र कामदार भिसामा जाने मानिसको संख्या भने स्थिर देखिएको छ। यस्ता भिसामा गएका मानिसलाई तत्काल भिसा नदिइए पनि उनीहरुलाई भविष्यमा नागरिकता पाउने बाटो भने खुला छ। 

गत वर्ष क्यानडामा थप १९ हजार ६४ जना हङकङका नागरिकलाई अध्ययन तथा काम गर्ने अनुमति प्रदान गरिएको थियो। यद्यपि यसमा यसअघि नै यस्तो अनुमति पाएर समयावधि लम्ब्याइएका मानिस पनि समावेश पनि छन्। 

समग्रमा स्थायी बसोवास, वर्किङ पर्मिट र अध्ययन भिसा गरी सन् २०२१ मा २२ हजार ५०८ जना हङकङका नागरिकले स्थायी बसोवासको अनुमति पाए। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .