हङकङमा क्वारेन्टिन आदेश नमान्ने मानिसको जरिवाना दोब्बर बनाइएको छ।
यससँगै बिहीबारदेखि क्वारेन्टिन तथा आइसाेलेसन आदेश नमान्नेलाई १० हजार हङकङ डलर जरिवाना तिर्नुपर्ने हुन्छ।
स्वास्थ्य विशेषज्ञले हङकङमा पुनः कोरोना संक्रमण बढ्न सक्ने चेतावनी दिएसँगै हङकङ सरकारले यस्तो घोषणा गरेको हो।
पछिल्लो केही दिनयता हङकङमा कोरोनाका नयाँ संक्रमितको संख्या केही कम देखिएको छ। मंगलबार हङकङमा केरोनाका ७ हजार ५९६ नयाँ संक्रमित थपिएका थिए। हङकङमा लगातार चौथो दिन १० हजारभन्दा कम नयाँ संक्रमित थपिएका हुन्।
त्यस्तै अब हङकङमा आइसोलेसन वा क्वारेन्टिनको नियम नमान्नेलाई दिइने जेल सजाय भने ६ महिनामा यथावत राखिएको छ। अहिले क्वारेन्टिन तथा आइसोलेसन उल्लंघन गर्ने मानिसलाई अधिकतम ५ हजार हङकङ डलर जरिवाना लाग्न सक्ने व्यवस्था रहेको छ।
त्यस्तै कोरोना संक्रमणको जोखिममा रहेका रहेका र लक्षण देखिएका मानिसले अनिवार्यरुपमा कोरोना परीक्षण गराउनुपर्नेछ।
साथै उनीहरुले अनिवार्य कोरोना परीक्षणको नियम पालना नगरेको अवस्थामा उनीहरुले अधिकतम २५ हजार हङकङ डलर जरिवाना र ६ महिना जेल सजाय हुन सक्छ।
Shares

प्रतिक्रिया